खोज परिणामहरू प्राप्त गर्न यहाँ टाइप गर्नुहोस्!

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको च्यासलमा धर्ना

 

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारसँगको सम्झौता कार्यान्वयन गर्न माग गर्दै मंगलबार एमाले मुख्यालय, च्यासलमा धर्ना दिएका छन्।

मोही पुर्जा प्रदान गर्न माग

मोही किसानहरूले पुस्तौंपुस्तादेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व सुनिश्चित गर्न मोही पुर्जा दिनुपर्ने माग गरेका छन्। उनीहरूले "दुई बुँदे सहमति कार्यान्वयन गर, मोही हक खोस्न पाइँदैन!" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।

आन्दोलनको कारण र माग

संघर्ष समितिका कोषाध्यक्ष शेरबहादुर चौधरी का अनुसार स्वर्गद्वारी आश्रमअन्तर्गत १,०३४ बिगाह १७ कट्ठा ७ धुर जमिन मध्ये ७५३ बिगाह जग्गा मोही कायम रहेको छ। त्यस जग्गाको स्वामित्व किसानहरूले पाउनुपर्ने माग गर्दै संघर्षरत रहेको उनले बताए।

सरकारले मोही किसानहरूसँग सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेकाले आफूहरूले आन्दोलन चर्काउनु परेको किसानहरूको भनाइ छ।

टिप्पणी पोस्ट गर्नुहोस्

0 Comments
* कृपया यहाँ स्पाम नगर्नुहोस्। सबै टिप्पणीहरू व्यवस्थापकद्वारा समीक्षा गरिन्छ।